DISH HOME

वाणिज्य बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, ८ बैंकको घट्यो, ११को स्थिर, एकले बढायो !

काठमाडौँ। वाणिज्य बैंकहरूको ब्याजदर थप घटेको छ । हाल संचालनमा रहेका २० वटा वाणिज्य बैंकले सार्वजनिक गरेको ब्याजदर अनुसार साउनको तुलनामा भदौमा वाणिज्य बैंकहरूको व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर ०.११ प्रतिशत विन्दुले घटेको हो।

साउन महिनाका लागि व्यक्तिगत मुद्दतीको अधिकतम औसत ब्याजदर ५.६८ प्रतिशत रहेकोमा भदौ महिनाको लागि यो ५.५७ प्रतिशतमा कायम भएको छ । भदौमा ८ बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् ।

ब्याजदर घटाएका बैंकमा कृषि विकास, एभरेस्ट, लक्ष्मी सनराइज, स्ट्यान्डर्ड चार्टर्ड, सिद्धार्थ, कुमारी, सानिमा र नेपाल एसबीआई बैंक रहेका छन् । ११ बैंकले ब्याजदर व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदरलाई स्थिर राखेका छन् ।

भदौमा ब्याजदर स्थिर राख्नेमा सिटिजन्स बैंक, एनएमबी बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, हिमालयन बैंक, प्राइम कमर्सियल बैंक, ग्लोबल आईएमई बैंक, राष्ट्रिय वाणिज्य बैंक, नबिल बैंक, एनआईसी एसिया बैंक, माछापुच्छ्रे बैंक र नेपाल बैंक रहेका छन् ।

यता  प्रभु बैंकले भने ब्याजदर बढाएको छ ।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै