काठमाडौँ। खातामा पैसा नै नभएको चेक काटेपछि पक्राउ पूर्जी जारी भएर भागेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीको कोडैना गाउँपालिका २ घर भई हाल काठमाडौं महानगरपालिका ३२ सुविधा नगर बस्ने २९ वर्षीय अविनाश ठाकुर छन् ।
प्रहरीका अनुसार उनलाई बैंकिङ कसुर मुद्दामा १ करोड १५ लाख बिगो तोकिएको थियो । उनीविरुद्ध जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौंमा १५ लाख ५० हजार, २० लाख ५० हजार र २५ लाख बिगो भएको ३ वटा बैंकिङ कसुर मुद्दाहरू रहेको थियो।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले काठमाडौं ३२ सुविधा नगरबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीको जिल्ला प्रहरी परिसर,भद्रकाली काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।