काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासिक अवधिको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । प्रकाशित विवरण अनुसार बैंकको वितरणयोग्य मुनाफा तीन गुणाले अर्थात् २२० प्रतिशतले वृद्धि भई १ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा यो मुनाफा ५८ करोड रुपैयाँ मात्र थियो।
बैंकले खराव कर्जा (NPL) २.६२ प्रतिशतमा सीमित राख्न सफल भएको छ भने खुद व्याज आम्दानी ६.४३ प्रतिशतले बढेर ८ अर्ब ४४ करोड रुपैयाँ पुर्याउन सफल भएको छ । कुल ११ अर्ब १६ करोड रुपैयाँ संचालन आम्दानी गरेको बैंकले सन्तुलित व्यवसायिक वृद्धि कायम राखेको छ।
प्रमुख वित्तीय सूचकहरू:
प्रति शेयर आम्दानी (EPS): २४.१ रुपैयाँ
वितरणयोग्य आम्दानीमा आधारित EPS: १३.२२ रुपैयाँ
प्रति शेयर नेटवर्थ: २१९.९७ रुपैयाँ
PE रेसियो: १५.९३
पूँजीकोष अनुपात: ११.७७ प्रतिशत
कर्जा–निक्षेप अनुपात (CD Ratio): ७६.९२ प्रतिशत
आधार ब्याजदर: ६.४२ प्रतिशत (१.६९ प्रतिशत विन्दुले घटेको)
स्प्रेडदर: ३.९८ प्रतिशत