- बैंकिङ संसार
कन्चनपुर । एनआइसी एशिया बैंकका कर्मचारीले आत्महत्या गरेका छन् । बैंकका कर्मचारीले कन्चनपुरको सिद्धार्थ इन्स्योरेन्समा गएर झुन्डिएर आत्महत्या गरेका हुन् । आत्महत्या गर्ने व्यक्ति सिन्धुलीकमलामाई नगरपालिका १४ रानिबाँस घर भएका धिरज न्यौपाने हुन् । आफ्नो प्रेम असफल भएपछि उनले आत्महत्या गरेको अनुसन्धानबाट खुलेको छ ।
आफूले एक युवतीलाई साँचो प्रेम गरेको र प्रेममा असफल भएपछि आत्महत्या गरेको उनको सुसाईड नोटमा लेखिएको छ । आइतबार बिहानको समयका आफ्नो घरका परिवारसँग सम्पर्क गरेका उनले ९ बजेपछि आत्महत्या गरेको हुन सक्ने प्रहरीले जनाएको छ । अहिले उनको शवलाई पोस्टमार्टमको लागि महाकाली अञ्चल अस्पतालमा राखिएको छ । यसबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।