prabhu

साविक नियमअनुसार बैंकहरूले क्लोजिङ बोनस वितरण गर्दै, तर सबैको खातामा पुगेको छैन !

काठमाडौं । अहिले जताततै बैंकले आफ्ना कर्मचारीहरुलाई क्लोजिङ बोनस पठाईरहेको चर्चा छ । तर यहि बीचमा कतिपय बैंकका कर्मचारीको खातामा भने यस्तो बोनस आईरहेको छैन । आखिर किन त रु यसभित्र बैंकले कहिले बोनस वितरण गर्ने भनेर लिएको रणनीति देखिन्छ ।

बोनस ऐन २०३० को दफा ५ को उपदफा १ मा भएको व्यवस्था अनुसार बैंकहरुले आर्थिक वर्षमा आर्जन गरेको मुनाफाको १० प्रतिशत कर्मचारी बोनसको लागि छुट्याउनुपर्ने हुन्छ । सोहि नियमअनुसार बैंकले आफ्ना कर्मचारीहरुलाई बोनस दिने गरेका छन् । यसरी वितरण गरिने बोनस क्लोजिङ बोनसका नाममा आर्थिक बर्ष सकिएपछि र बाँकी लेखापरीक्षण सकिएपछि वा लेखापरीक्षण सकिएर साधारणसभाको मिति वरपर बैंकहरुले आफ्ना कर्मचारीहरुलाई वितरण गर्ने गरेका छन् । केहि बैंकले भने एकैपटक साधारणसभा हुने समयमा एकमुष्ट सो बोनस दिने गरेका छन् । यहि कारण नै कतिपय बैंकका कर्मचारीको खातामा बोनसका नाममा अग्रिम पैसा आईसकेको छ भने कतिको आउन बाँकी छ ।

बैंकको नाफा र बैंकमा रहेका कर्मचारीको संख्या हिसाब गरेर विभिन्न बैंकहरुले ७ महिनासम्मको बेसिक तलव बराबरको बोनस दिने गरेका छन् । माछापुछ्रे, प्रभु, सानिमा, ग्लोबल आईएमई, सानिमा, एनएमबि लगायतका बैंकले कर्मचारीलाई क्लोजिङ बोनसका नाममा अग्रिम बोनस खुवाईसकेका छन् । एभरेष्ट बैंकले अडिट सकिएपछि मात्र बोनस दिने तयारी गरेको छ भने प्राइम बैंक पनि एभरेष्ट बैंककै लाइनमा छ ।

सरकारी लगानी भएको राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक र नेपाल बैंकले साधारण सभाकै समयमा बोनस खुवाउने भएका छन् । सरकारी बैंकको हकमा भने बोनसको व्यवस्था केहि फरक छ । यी बैंकहरुले नाफाको ५ प्रतिशत वा बढीमा ३ महिनाको तलव बराबर बोनस खुवाउने पाउनेछन् । स्ट्यान्डर्ड चार्टर्ड बैंक, सानिमा बैंक, प्राइम बैंक, नबिल बैंक, र एभरेष्ट बैंक तुलनात्मक रुपमा बढी बोनस खुवाउने बैंकहरुमा पर्छन् ।

यता, सिटिजन्स, हिमालयन, एनआईसी एशिया बैंक, सिद्धार्थ बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लगायतले भने कर्मचारीलाई बढी बोनस खुवाउन पाइन्छ कि भनेर साउन १५ कुरिरहेका छन् । साउन १५ सम्म असुल भएको ब्याजलाई गत आर्थिक वर्षको आम्दानीमा बुक गर्न पाइने भएकाले सोहि रिकभरीका आधारमा कर्मचारीलाई बोनस खुवाउने तयारीमा ती बैंकहरु छन् । भिडियो: 

 

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै