काठमाडौँ। भर्खरै राष्ट्र बैंकको कारवाहीमा परेको सिटिजन्स बैंकले कर्मचारीलाई बोनस खुवाउन केहि समय कुर्ने भएको छ । साउन १५ सम्मको रिकभरीलाई गत आर्थिक वर्षको हिसाबमै मिलाउन मिल्ने भएकाले बैंकले कर्मचारीलाई बढी बोनस खुवाउन खोजेको हो ।
बोनस ऐन २०३० कोको दफा ५ को उपदफा १ मा भएको व्यवस्था अनुसार बैंकहरुले आर्थिक वर्षमा आर्जन गरेको मुनाफाको १० प्रतिशत कर्मचारी बोनसको लागि छुट्याउनुपर्ने हुन्छ । सोहि नियमअनुसार बैंकले आफ्ना कर्मचारीहरुलाई बोनस दिने गरेका छन् ।
यसरी वितरण गरिने बोनस क्लोजिङ बोनसका नाममा आर्थिक वर्ष सकिएपछि र बाँकी लेखापरीक्षण सकिएपछि वा लेखापरीक्षण सकिएर साधारणसभाको मिति वरपर बैंकहरुले आफ्ना कर्मचारीहरुलाई वितरण गर्ने गरेका छन् । केहि बैंकले भने एकैपटक साधारणसभा हुने समयमा एकमुष्ट सो बोनस दिने गरेका छन् । बैंकको नाफा र बैंकमा रहेका कर्मचारीको संख्या हिसाब गरेर विभिन्न बैंकहरुले ७ महिनासम्मको बेसिक तलव बराबरको बोनस दिने गरेका छन् ।
बैंकले क्लोजिङ बोनसका नाममा रकम खातामा पठाएपछि कर्मचारी भने हौसिएका छन् । कतिपय कर्मचारीहरुले त बैंकले खातामा पठाएको बोनसले क्लिजिङको तनाब भुलेको भन्दै सामाजिक संजालमा खुसीसमेत पोखेका छन् । बोनस आएको खुसी धेरै कर्मचारीहरुले टिकटक लगायतका सामाजिक संजालमार्फत बाँडेकासमेत छन् ।