prabhu

बेष्ट फाइनान्सको ‘ग्रीन सेभिङ्स डिपोजिट प्रडक्ट’ सार्वजनिक, दिगो वित्तीय अभ्यासलाई प्रोत्साहन गर्ने उद्देश्य

काठमाडौं । बेष्ट फाइनान्स लिमिटेडले वातावरण संरक्षण र हरित अर्थतन्त्र प्रवर्द्धनलाई समर्थन गर्दै ‘ग्रीन सेभिङ्स डिपोजिट प्रडक्ट’ सार्वजनिक गरेको छ। जलवायु परिवर्तनका जोखिम न्यूनीकरण तथा दिगो वित्तीय अभ्यासलाई प्रोत्साहन गर्न उद्देश्यसहित कम्पनीले यो योजना ल्याएको हो।

‘नेपाल ग्रीन फाइनान्स ट्याक्सोनोमी २०२४’ लाई मार्गदर्शक मानेर तयार गरिएको यो निक्षेप योजना बेष्ट फाइनान्सको हरित वित्ततर्फको महत्वपूर्ण पहलको रूपमा लिइएको छ। यस योजनाअन्तर्गत ग्राहकले गर्ने हरेक ग्रीन सेभिङ्स डिपोजिटवापत एक वटा बिरुवा रोप्ने व्यवस्था गरिएको छ।

बिरुवा रोपण, गोडमेल, संरक्षण तथा पाँच वर्षपछि स्थानीय तहलाई हस्तान्तरणसम्मको प्रक्रिया स्थानीय निकायहरूसँग सहकार्यमा सम्पन्न गरिनेछ। यस अभियानलाई प्रभावकारी बनाउन बेष्ट फाइनान्सले लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एस नेपालसँग सहकार्य गरेको छ। सहमतिपत्रमा बेष्ट फाइनान्सका प्रमुख कार्यकारी अधिकृत बीएन घर्ती र लायन्स डिष्ट्रिक्ट ३२५ एस नेपालका एरिया चिफ कोअर्डिनेटर चिन्तन बज्राचार्यले हस्ताक्षर गरेका थिए।

यहि सन्दर्भमा बेष्ट फाइनान्स, लायन्स क्लब र गोदावरी नगरपालिका वडा नं १ को संयुक्त आयोजनामा गोदामचौरस्थित खाली जग्गामा ५०० वटा बिरुवा रोपिएको छ। वृक्षारोपण कार्यक्रममा वडा अध्यक्ष श्रीराज थापा, बेष्ट फाइनान्सका अध्यक्ष प्रा.डा. रामजी गौतम, सीईओ बीएन घर्ती, लायन्स प्रतिनिधि चिन्तन बज्राचार्य, बालकुमार पाण्डे लगायत ५० भन्दा बढी सदस्यहरूको सक्रिय सहभागिता थियो। यो पहलले वित्तीय योगदानसँगै वातावरणीय सचेतना र दीर्घकालीन हरित विकासमा सहयोग पुर्‍याउने विश्वास लिइएको छ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै