prabhu

पोखरा फाइनान्स र समृद्धि फाइनान्स मर्ज हुने

काठमाडौं । पोखरा फाइनान्स लिमिटेड र समृद्धि फाइनान्स लिमिटेड आपसमा गाभिने (मर्ज) भएका छन्। आज बिहान साढे ८ बजे पोखरास्थित होटल ल्याण्डमार्क लेकसाइडमा आयोजित समारोहमा दुई कम्पनीबीच मर्जरसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो।

मर्जरपछि दुवै फाइनान्स कम्पनी पोखरा फाइनान्स लिमिटेड को नाममा एकीकृत कारोबार गर्नेछन् । दुई कम्पनीबीच १:१ को शेयर स्वाप अनुपातमा मर्जर प्रक्रिया अघि बढाइएको छ।

मर्जर सम्पन्न भएपछि एकीकृत संस्थाको मुख्य कार्यालय काठमाडौंमा रहने जानकारी दिइएको छ। मर्जरपछि वित्तीय स्थायित्व, सेवा विस्तार र प्रतिस्पर्धात्मक क्षमतामा थप मजबुती आउने अपेक्षा गरिएको छ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै