prabhu

डिशहोम सोलिडारिटी फुटसल कप २०२५ सम्पन्न

काठमाडौं ।  भैसेपाटीस्थित वन ट्री हिल फुटसलमा डिशहोमले आयोजना गरेको पहिलो डिशहोम सोलिडारिटी फुटसल कप २०२५ सम्पन्न भएको छ। व्यावसायिक साझेदार कम्पनीहरूबीच सहकार्य, सद्भाव र स्वस्थ सम्बन्ध प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित डिशहोम सोलिडारिटी फुटसल कप प्रतियोगितामा १४ कम्पनीलाई प्रतिनिधित्त्व गर्दै १७ टिम सहभागी भएका थिए |

उल्लेखित प्रतियोगिता अन्तर्गत सहभागी १७ टिमलाई चारओटा समूह बीच बिभाजन गरि समूहचरणको खेल खेलाईएको थियो | समूहचरणको खेल समाप्ति पश्चात समूह “A” बाट Aqore Software Pvt. Ltd. र IME Limited, समूह “B” बाट Optinet Solution Pvt. Ltd. र IME Cooperative Pvt. Ltd., समूह “C” बाट Nepal Digital Service Pvt. Ltd. र CG Communication Ltd. र समूह “D” बाट DishHome Internet र Amnil Technology Pvt. Ltd. गरि जम्मा ८ ओटा टिम क्वाटर फाईनलमा स्थान सुरक्षित गर्न सफल भएका थिए |

क्वाटर-फाइनलको खेल पश्चात सेमी-फाइनलमा प्रवेश गरेका चार (४) वटा टिम (IME Cooperative, Nepal Digital Service, Optinet Solution, CG Communication) मध्ये Final को यात्रा भने CG र NDS ले तय गरेका थिए |

‘स्वास्थ्य, सम्बन्ध र एकताका लागि खेल’ भन्ने नाराका साथ आयोजित प्रतियोगिताको फाइनल खेलमा CG Communication Ltd (CG) ले नेपाल डिजिटल सर्भिस (NDS) लाई पराजित गर्दै उपाधि हात पार्‍यो।CG Communication का खेलाडी सुशील श्रेष्ठ र सलिन श्रेष्ठले पहिलो हाफमै गोल गर्दै टोलीलाई अग्रता दिलाए, भने दोस्रो हाफमा थप गोल गर्दै जित सुनिश्चित गरे।तेस्रो स्थानका लागि भएको खेलमा Optinet Solution ले IME Cooperative लाई हराउँदै तेस्रो स्थान हासिल गर्‍यो।

विजेता CG Communication, दोस्रो भएको Nepal Digital Service, र तेस्रो स्थान प्राप्त Optinet Solution ले क्रमशः नगद राशी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका थिए।उत्कृष्ट खेलाडीमा धिरज बास्कोटा (Optinet Solution) बाट र उत्कृष्ट गोलकिपर लोकेन्द्र तामाङ (CG Communication Ltd) बाट चयन भए |

समापन समारोहमा DishHomeका प्रमुख कार्यकारी अधिकृत तारा मानन्धरले पुरस्कार वितरण गर्नुभएको थियो | डिशहोमले प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको भन्दै आगामी वर्षहरूमा पनि सहकार्य र सम्बन्ध मजबुत बनाउने उद्देश्यले यस्तो प्रतियोगिता आयोजना गर्ने योजना सार्वजनिक गरेको छ।

 

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै