काठमाडौँ। नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले सुरक्षित डिजिटल भुक्तानी गर्ने राष्ट्र बैंकको उद्देश्यलाई आईएमई र खल्तीको मर्जरले पूरा गर्ने बताएका छन्।
उनले आईएमई पे र खल्ती वालेटको मर्जर र एकीकृत कारोबार सुरु सम्बन्धी आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
मिश्रले अब भने मर्जर पश्चात् ट्रान्जेक्सनको प्रणालीमा हुने समस्याहरूको अन्त्य हुने अपेक्षा राखेका छन्।