prabhu

‘सरकारको असक्षमताका कारण बैंकमा पैसा थुप्रियो’

काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकारको असक्षमताका कारण बैंकमा पैसा थुप्रिएको बताएका छन्।  प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।

दाहालले सरकारको असक्षमताका कारण बैंकमा पैसा थुप्रिएको र यसले पूँजी पलायनको खतरा बढेको बताएका हुन् । योसँगै उनले उनले सरकारकै अकर्मण्यताका कारण ब्याजदर न्यून स्तरमा झर्दा पनि कर्जा प्रवाह हुन नसकेर बैंकहरमा झण्डै ७ खर्ब रुपैयाँ थुप्रिएको बताएका छन् ।

सभामा उनले सरकारका पछिल्ला नीतिका कारण बैंकहरुमा ब्याजदर अझै तल झर्ने, बचत निरुत्साहित हुनुका साथै पूँजी पलायन हुने अवस्था देखिएको पनि उल्लेख गरेका छन्।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै