काठमाडौँ। कुमारी बैंकले एक भन्दा बढी खातामा एउटै मोबाइल नम्ब राखेर खाता सञ्चालन गर्न नदिने भएको छ । बैंकले एक भन्दा बढी खाताहरूमा एउटै मोबाइल नम्बर राखि बैंकिङ सेवा प्राप्त गरिरहेका ग्राहकको खाता नै बन्द गर्नेसमेत भएको हो ।
एक भन्दा बढी खातामा एउटै मोबाइल नम्बर (आधिकारिक तथा योग्य खातामा बाहेक) राखेर खाता सञ्चालन गर्न बैंकले बन्देज गर्ने भएको छ । नेपाल राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशन बमोजिम बैंक तथा वित्तीय संस्थाले ग्राहक पहिचान तथा सम्पुष्टि सम्बन्धमा ग्राहकले उपलब्ध गराएको मोबाइल नम्बरको विवरण ग्राहककै रहे-नरहेको सुनिश्चित गर्न बैंकले यस्तो जनाएको हो।
निहित जोखिमका आधारमा संस्थाले आवश्यक पहिचान पद्धति अवलम्बन गर्नु पर्ने व्यवस्था रहेको तथा दूरसंचार सेवा प्रदायकहरूले सञ्चालनमा नआएका सिम कार्डहरू पुन: जारी गरि अन्य प्रयोगकर्तालाई हस्तान्तरण गरेको हुन सक्ने बैंकले जनाएको छ ।