prabhu

‘बैंकर र व्यवसायी छुट्याउने काम भइरहेको छ’- सचिव घिमिरे

काठमाडौँ। राजश्व सचिव दिनेश घिमिरेले बैंकर र व्यवसायी छुट्याउने विषयमा अर्थ मन्त्रालयले थप काम गर्नुपर्ने बताएका छन्। अर्थ समितिमा भएको बैंक तथा वित्तीय संस्था सम्बन्धी विधेयकमाथिको छलफलमा बोल्दै सचिव घिमिरेले  बैंकर र व्यवसायी छुट्याउने विषयमा अर्थ मन्त्रालयले थप गृहकार्य गरिरहेको बताएका हुन्।

सचिव घिमिरेले बैंकर र व्यवसायी छुट्याउनेबारे कुलिङ पिरियडको सम्बन्धमा आवश्यक नीतिगत व्यवस्था गर्नका लागि थप गृहकार्य भइरहेको बताएका छन् ।

उनले बैंकि पहुँचको विस्तार, प्रभावकारी रुपमा सेवा र अधिक प्रतिफलका विषयमा पनि सैद्धान्तिक रुपले बाफियाको संशोधनमा विषयहरु आउनु सकारात्मक भएको उल्लेख गरेका छन्।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै