काठमाडौँ। प्रभु बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले आफ्ना संस्थापक सेयरधनीको नाममा रहेको २१ लाख ५ हजार ६ सय ७५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।
बैंकले असार २३ गतेदेखि संस्थापक सेयर बिक्रीमा ल्याएको हो । बैंकले बिक्रीमा ल्याएको सेयरमा जो कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् ।
उक्त सेयरको मूल्य भने हाल तोकिएको छैन । सेयर खरिद गर्न इच्छुक संस्थापकले आगामी १५ दिनभित्र निवेदन पेश गर्नुपर्ने बैंकले जनाएको छ।