prabhu

जाली चेक दिएर लाखौँ ठग्ने दुई जना पक्राउ

काठमाडौँ। बैंकिङ कसुर मुद्दाका फरार दुई जना प्रतिवादी पक्राउ परेका छन्।  पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका ७ बस्ने ३० वर्षीय प्रलाद खड्का र काठमाडौं चन्द्रागिरी नगरपालिका ६ बस्ने ३६ वर्षीय सुनिल लामा रहेका छन् ।

उनीहरूले आफ्नो खातामा पैसा नहुँदा पनि जाली चेक दिएर लाखौँ ठगी गरेर फरार रहेका थिए।

खड्काको नाममा ४७ लाख ३६ हजारको बैंकिङ्ग कसुरको ४ वटा मुद्दा र लामाको नाममा ३७ लाख रुपैयाँको बैंकिङ्ग कसुरको ३ वटा मुद्दा दर्ता भएपछि उनीहरू फरार भएका थिए।

बैंकिङ कसुर गरेर फरार रहेका दुबै जनालाई प्रहरीले पक्राउ गरेर थप अनुसन्धान गरिरहेको छ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै