prabhu

‘माटो खेलाउनेले होइन, कागज खेलाउनेले ऋण पाउँछन्’- गर्भनर

काठमाडौँ। नेपाल राष्ट्र बैंकका गर्भनर डा.विश्वनाथ पौडेलले हाल कृषिमा भएको लगानीको सदुपयोग हुन नसकिरहेको बताएका छन् ।  उनले हाल कृषिमा भएको लगानीको सदुपयोग हुन नसकिरहेको सन्दर्भमा आफ्नो पनि चासोको विषय भएकाले प्रतिफल आउने गरि काम गर्न जरुरी रहेको बताएका हुन्।

किसानलाई व्यवसायीक नबनाई कृषिमा भएको लगानीको प्रतिफल प्राप्त हुन नसक्ने भएकाले प्रतिफल आउने गरि लगानीको आवश्यकतामा गर्भनरले जोड दिएका हुन्।

उनले आफू हालै विभिन्न जिल्लाहरूमा जाँदा माटो खेलाउनेले कृषि ऋण नपाउने, कागज खेलाउनेले ऋण पाउने गरेको गुनासो पनि सुनेको उल्लेख गर्दे किसानलाई ऋण मात्र बोकाउने भन्दा पनि किसानलाई सही बाटोमा हिँडाउन सबै निकायले प्रभावकारी भूमिका खेल्नुपर्नेमा गर्भनर डा.पौडेलले जोड दिए ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै