prabhu

कृषि कर्जालाई सरल बनाउन राष्ट्र बैंकलाई मन्त्री अधिकारीको आग्रह

काठमाडौँ। कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि कर्जालाई सरलीकृत गराउन नेपाल राष्ट्र बैकलाई सहजीकरण गरिदिन आग्रह गरेका छन्।
नेपाल राष्ट्र बैकका गर्भनर डा.विश्वनाथ पौडेलसँग आज सिंहदरबारस्थित मन्त्रालयमा भएको छलफलमा उनले यस्तो बताएका हुन्।

मन्त्री अधिकारीले कृषिमार्फत गरिबी हटाउनका लागि बैंक तथा वित्तिय संस्थाहरूको भूमिका महत्वपूर्ण हुने भएकाले साना किसानहरूले पनि सरल र सहज किसिमले ऋण प्राप्त गर्ने प्रावधानको आवश्यकता औँल्याएका छन् ।

‘कृषिका लागि ठुलो मात्रामा ऋण लिएकाहरुले सो रकम अन्यत्रै परिचालन गरिएको पनि सुनिएको छ, यदि त्यस्तो हो भने कृषिमा हामीले लिएको लक्ष्य र अपेक्षा पुरा हुन सक्ने देखिदैन,’ मन्त्री अधिकारीले भने,‘कृषि ऋणको सही उपयोग भयो कि भएन यसको प्रभावकारी अनुगमनका लागि म नेपाल राष्ट्र बैंक समक्ष अनुरोध गर्दछु ।’

मन्त्री अधिकारीले कसैले ऋण नपाउने पाउनेले अन्य प्रयोजनमा लगाउने अवस्था आउन नहुनेमा जोड दिएका छन् । सरकारी स्वामित्वका बैंकहरुले पनि कृषि कर्जा बढाउनु पर्ने र राष्ट्र बैंकको कृषि कर्जा सम्बन्धमा गरिएको व्यवस्थाको पालना उनीहरूले गर्नुपर्नेमा मन्त्री अधिकारीले जोड दिए ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै