काठमाडौँ। एभरेष्ट बैंकले चार पाङ्ग्रे सवारी साधान बेच्न लागेको छ । बैंकले एक सूचना जारी गर्दै चार पाङ्ग्रे सवारी साधान बेच्न लागेको जनाएको हो।
बैंकले २०१६ सालमा बनेको दुई वटा मारुती इको भ्यान, २०१५ सालमा बनेको एउटा टाटा सुमो र २०१५ सालमा बनेको तीन वटा मारुती ओम्नी भ्यान बेच्न लागेको छ ।
बैंकको उक्त सवारी साधन किन्न चाहने खरिदकर्ताहरुले साउन ४ गतेभित्र गोप्य शिलबन्धी बोलपत्र पेश गर्नुपर्ने बेंकले जनाएको छ ।