prabhu

‘कर्जा बढ्न नसक्नुको कारण बचतयोग्य आम्दानी घट्नु हो’

काठमाडौँ। बैंक तथा वित्तीय संस्था परिसङ्घ नेपाल (सिबिफिन) का वरिष्ठ उपाध्यक्ष राजेश उपाध्यायले ब्याजदर कम हुँदा पनि कर्जा बढ्न नसक्नुको प्रमुख कारण बचतयोग्य आम्दानी घट्नु रहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) लेआयोजना गरेको पूर्वमौद्रिक नीति छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।
उनले भने, ‘हाम्रो खर्च बढेको छ, तर आम्दानी बढ्न सकेको छैन, युवा पलायनले उपभोक्ता बजारमा उपभोग घटेको छ । चालुपुँजी कर्जा मार्गदर्शन आवश्यक रहे पनि सही समयमा आएको छैन ।’
उपाध्यक्ष उपाध्यायले ऋण असुलीसम्बन्धी कानुनका व्यवस्था कडा रहेको र यसलाई केही खुकुलो बनाउन सक्नुपर्ने जनाएका छन् । खराब कर्जा बढ्नु बैंकको मात्र समस्या नभई सामाजिक समस्याका रुपमा देखिएको धारणा उनले व्यक्त गरेका छन्।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै