prabhu

असार मसान्तको प्रेसर, आफुले दिएको साथीकै ऋण बिग्रिएपछि बैंक मेनेजरले आफैँ खोजिदिन थाले पैसा, ग्लोबल आईएमईमा केस धेरै !

काठमाडौँ । बैंकका कर्मचारीले असार मसान्तको हिसाब मिलाउने नाममा आफैंले पैसा खोजिदिएर ऋणीको किस्ता भरिदिएको पाइएको छ । आफुले आफ्नै साथीभाइ भनेर लगानी गरेको ऋणकै किस्ता अनियमित भएपछि बैंकका मेनेजरहरुले यस्तो काम गरिरहेको खुलासा भएको हो ।

‘साथीभाइलाई ऋण दिईयो । उनीहरुकै ऋण बिग्रियो । साथीभाईलाई सहयोग गर्नैपर्यो ।’ ग्लोबल आईएमई बैंकका न्युरोड शाखाका एक कर्मचारीले भने, ‘हाम्रो बैंकमा यस्तो धेरै देखिएको छ । सुरुमा एक जनाले यस्तो गरे, पछि थुप्रैले यस्तो गरे । पैसा आउने भएपछि बैंक पनि चुप, ऋणी पनि खुसी ।’

तर, यस्तो कामले दीर्घकालीन असर पर्ने बैंकरहरुकै स्वीकारोक्ति छ ।  यस्तो कामले तत्कालका लागि ऋणीको हिसाब मिलेपनि एकातर्फ बैंकको निष्क्रिय कर्जाको विवरण झुटो निस्किने र यसले बैंक र ऋणी दुबैलाई आगामी दिनमा अफ्ट्यारो पार्ने बैंकरहरु नै स्वीकारछन् । तर अहिले असार मसान्तको समय भएकोले अरु कुरा सोच्ने भन्दा पनि निष्क्रिय कर्जा कम देखाउने र रिकभरी राम्रो देखिनुपर्ने भएपछि धेरै ब्रान्च मेनेजरले यस्तो काम गरिरहेको ग्लोबल आईएमई बैंकका हेड अफिसमा कार्यरत कर्मचारीको दाबी छ ।

बैंकको सिष्टममा यस्तो काम गरेको नदेखिने, बैंकको निष्क्रिय कर्जा पनि कम देखिने र असार मसान्तको प्रेसर पनि टर्ने देखिएपछि देशका विभिन्न स्थानमा बैंकका कर्मचारीले यस्तो काम गरेको पाइएको हो ।

यसरी खोजिएको पैसा २४ प्रतिशतसम्मको ब्याजमा खोजिएको पाइएको छ । यसले ऋणीको हालत झन् खराब हुने देखिएको छ ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै