prabhu

रविलाई विवादमा तानेको ग्लोबल आईएमई बैंकले काँग्रेस नेताले चलाउने भनेपछि एउटै कार्यक्रममा गर्यो दुई करोड हाराहारी खर्च !

काठमाडौँ । नेपाली काँग्रेसका नेता विश्वप्रकाश शर्माले चलाउने भएपछि ग्लोबल आईएमई बैंकले झन्डै २ करोड रुपैयाँ लगानी गरेको टेलिभिजन कार्यक्रम ऐनाको दोश्रो सिजनको प्रशारण सुरु भएको छ । यसअघि चुनावकै अघि विश्वप्रकाशले चलाउने भन्ने बित्तिकै १ करोड हाराहारी खर्च भएको सो कार्यक्रमको दोश्रो सिजनमा पनि करोड हाराहारी नै ग्लोबल आईएमई बैंकले खर्च गरेको छ ।
काँग्रेस नेताले चलाउने भएकै कारण बैंकले ठुलो खर्च गर्न नहुने भन्दै गैरकाँग्रेसी संचालकले विरोध गरेपछि ग्लोबल आईएमई बैंक कार्यक्रम प्रायोजनबाट हट्न खोज्दा कार्यक्रमको बीचको सिजन नै रोकिएको थियो । तर, अन्तत, बैंकले प्रायोजन गर्ने भएपछि ढिलोगरी नै भए पनि ऐनाको दोश्रो सिजन सुरु भएको छ । यसअघिको सिजनमा काँग्रेस नेता शर्माकै साथी भएका कारण माछापुच्छ्रे बैंकले पनि सो कार्यक्रममा झन्डै ३० लाख खर्च गरेको थियो ।
विश्व प्रकाश शर्माले चलाउने भन्ने बित्तिकै मात्र १२ एपिसोडका लागि करोड हाराहारी खर्च गरेको ग्लोबल आईएमई बैंकले यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीलाई भने जवर्जस्ती विवादमा तान्ने प्रयास गरेको थियो । बैंकले रविका नाममा पत्र दिँदा मितिनै गलत राखेर लामोछानेलाई थप विवादमा तानेको थियो । ग्लोबल आईएमई बैंकमा भएको कारोबार विवरण सार्वजनिक भएपछि रवि विरुद्ध काँग्रेस नेताहरु खनिएका थिए । यसले बैंकको राजनीतिक नियतमासमेत प्रश्न उठेको भन्दै हाल बोर्डभित्रै ऐना कार्यक्रमको विरोध सुरु भएको छ ।
ग्लोबल आईएमई बैंकले सीएसआरका नाममा खर्च गरेका केहि रकम सीएसआरमा गन्न नमिल्ने भन्दै राष्ट्र बैंकले यसअघि पनि प्रश्न उठाएको थियो । त्यसपछि सो रकमलाई विज्ञापन खर्च भनेर बैंकले हिसाब मिलाएको थियो । नेताका नाममा प्राइभेट कम्पनीलाई विज्ञापनको बहानामा चन्दा दिने काममा ग्लोबल आइएमई बैंक निकै अगाडी रहेको चौतर्फी गुनासोपछि राष्ट्र बैंकले प्राइभेट कम्पनीलाई सिएसआरका नाममा खर्च गर्न नै नदिनेगरी नियम बनाएको थियो ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै