सेयरको भाउ बढाउन नसकेपछि कर्नाटका बैंकका सिइओले दिए राजिनामा

काठमाडौँ । भारतको कर्नाटका बैंकका सिइओ श्रीकृष्णन हरिहर शर्माले सिइओ पदबाट राजिनामा दिएका छन्। सेयरको भाउ बढाउन नसकेको भन्दै बैंकका सिइओले पदबाटै राजिनामा दिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका हुन्।

सन् २०२३ मे मा सिइओ नियुक्त भएका शर्माको कार्यकाल सकिन अझै तीन वर्ष बाँकी थियो । आफू बैंकको सिइओ नियुक्त भएपछि बैंकको सेयर मूल्य बढाउन नसकेपछि उनले राजिनामा नै दिएका हुन्।

शर्मासँगै बैंकका कार्यकारी निर्देशक शेखर रावले पनि राजिनामा दिएका छन् । हाल दुबै जनाको राजिनामा बैंकको सञ्चालक समितिले स्वीकृत गरिसकेको छ ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्