DISH HOME

ग्लोबल आइएमई बैंकको ९ लाख लुटपाटमा संलग्न एक जना पक्राउ

काठमाडौँ । ग्लोबल आइएमई बैंकको रकम लुटपाटमा संलग्न एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा उदयपुर त्रियुगा नगरपालिका–१२ का ३० वर्षीय सुजेन्द्र लोहनी छन्।

गत फागुन १० गते ग्लोबल आइएमई बैंकको मिर्चैया शाखाबाट निकालिएको रकम कल्याणपुरस्थित आइएमई मनि ट्रान्सफरमा लैजाँदै गर्दा कर्मचारीको साथबाट पेस्तोल देखाएर ९ लाख रुपैयाँ लुटिएको थियो। उक्त लुटपाटमा संलग्न लोहनीसहित चार जनाको समूह रहेको अनुसन्धानबाट खुलेको छ।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार लोहनीलाई सिरहा नगरपालिका–७, खैरटोकाबाट पक्राउ गरिएको हो। घटनापछि फरार रहेका लोहनीलाई निरन्तर खोजी गर्दै आएको प्रहरीले अन्ततः पक्राउ गर्न सफल भएको जनाएको छ।

पक्राउ परेका लोहनीमाथि थप अनुसन्धान र आवश्यक कानुनी कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै