कोशी प्रदेशका बैंक तथा वित्तीय संस्थाको निक्षेपमा १२.३५ वृद्धि, कर्जा प्रवाहमा भने सुस्तायो

काठमाडौं । कोशी प्रदेशमा रहेको बैंक तथा वित्तीय संस्थाको निक्षेपमा उल्लेख्य वृद्धि देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको कोशी प्रदेशको अर्धवार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन २०८१/८२ अनुसार २०८० पुस मसान्तको तुलनामा २०८१ पुस मसान्तमा कुल निक्षेप १२.३ प्रतिशतले वृद्धि भई ४ खर्ब ९२ अर्ब रुपैयाँ पुगेको हो।

राष्ट्र बैंकका अनुसार रेमिट्यान्स आप्रवाहको निरन्तरता, विद्युतीय कारोबारको वृद्धि, र बैंकिङ पहुँच विस्तारले यो वृद्धि सम्भव भएको हो। यद्यपि कर्जा प्रवाह भने केही घटेको देखिएको छ।

प्रतिवेदन अनुसार, २०८० पुसको तुलनामा २०८१ पुस मसान्तमा कर्जा प्रवाह १०.२ प्रतिशतले घटेर ५ खर्ब ८६ अर्ब रुपैयाँमा झरेको छ। तर यदि २०८१ असार मसान्तसँग तुलना गर्दा भने कर्जा प्रवाहमा १.२ प्रतिशतको वृद्धि देखिएको छ।

२०८१ पुस मसान्तसम्म कोशी प्रदेशमा प्रवाहित कुल कर्जामध्ये कृषि क्षेत्र ९.७ प्रतिशत,औद्योगिक क्षेत्र २५.२ प्रतिशत,सेवा क्षेत्र ६५.१ प्रतिशत  भएको छ । उक्त अवधिमा कोशी प्रदेशको कर्जा-निक्षेप अनुपात ११९.० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यो अनुपात १२१.२ प्रतिशत थियो। रिपोर्टले देखाएअनुसार, निक्षेप परिचालनमा सकारात्मक सुधार भए पनि कर्जा विस्तार भने केही दबाबमा देखिएको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्