काठमाडौँ। नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेललाई होटल संघ नेपालले बजेटमा भएका व्यवस्था कार्यान्वयन हुने गरी मौद्रिक नीति ल्याउन ध्यानाकर्षण गराएको छ । होटल संघ नेपालको टोलीले सोमबार गभर्नर पौडेललाई यस्तो ध्यानाकर्षण गराएको हो।
संघको टोलीले आगामी आर्थिक वर्षको बजेटमा पर्यटन क्षेत्र र होटल उद्योगका लागि घोषित कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयन गर्ने गरी मौद्रिक नीति ल्याउन आग्रह गरेको छ। योसँगै संघका अध्यक्ष विनायक शाहले होटलहरुलाई विशेष उद्योगसरह कर्जाको साँवा ब्याज भुक्तानी गर्न पाउने व्यवस्था मिलाउन गभर्नरलाई आग्रह गरेका छन्।
साथै, संघले होटलको नाममा प्रिपेड डलर कार्ड वा डलर क्रेटिड कार्ड उपलब्ध गराउने व्यवस्था गर्न तथा पर्यटकहरुले एक पटकमा ३०० अमेरिकी डलर मात्र सटही गर्न पाउने सीमा बढाउन पनि गभर्नरको ध्यानाकर्षण गराएको छ।