prabhu

महालक्ष्मी विकास बैंकको मोबाइल एपबाटै अन्तर्राष्ट्रिय रेमिट्यान्स खातामा सिधै प्राप्त गर्न सकिने

काठमाडौं । महालक्ष्मी विकास बैंकले आफ्ना ग्राहकहरूका लागि मोबाइल बैंकिङ एप ‘महालक्ष्मी स्मार्ट साथी’ मार्फत अन्तर्राष्ट्रिय रेमिट्यान्स सिधै बैंक खातामा प्राप्त गर्ने सुविधा सुरु गरेको छ।

अब विदेशबाट पठाइएको रकम प्राप्त गर्न ग्राहकहरूले एपमा पठाउने व्यक्तिको विवरण, रेमिट्यान्स एजेन्टको नाम र मनी ट्रान्सफर कन्ट्रोल नम्बर (MTCN)प्रविष्ट गरेपछि, बैंक खातामै रकम सिधा जम्मा हुने व्यवस्था गरिएको छ। बैंकका अनुसार यो सेवा १०० भन्दा बढी अन्तर्राष्ट्रिय रेमिट्यान्स कम्पनीहरूसँग समन्वयमा उपलब्ध छ।

यस सुविधाले ग्राहकलाई रेमिट्यान्स काउन्टर वा पेमेन्ट एजेन्टमा लाइन बस्नुपर्ने झन्झटबाट मुक्त बनाउँदै समय र श्रमको बचत गर्नेछ। बैंकले यसलाई आफ्नो डिजिटल बैंकिङ सेवाको सुदृढीकरणतर्फको महत्वपूर्ण कदम मानेको छ।

नेपालमा डिजिटल नवप्रवर्तनमा अग्रणी रहेको महालक्ष्मी विकास बैंक, यस्तो सेवा मोबाइल एपमार्फत प्रदान गर्ने पहिलो विकास बैंक बनेको छ। बैंकले भविष्यमा पनि एपलाई थप परिष्कृत गर्दै सुरक्षित, सहज र अत्याधुनिक डिजिटल सेवा विस्तार गर्दै लैजाने प्रतिबद्धता जनाएको छ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै