prabhu

सरकारी बैंकका कर्मचारी पनि विदेशिन बाध्य, प्रमुख सचेतक पाण्डेको चेतावनी

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले सरकारी स्वामित्वका बैंकहरूमा कार्यरत कर्मचारीहरू समेत रोजगारीको खोजीमा विदेशिन बाध्य हुनुपरेकोप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्।

प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै उनले राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकका कर्मचारीहरूको भविष्य असुरक्षित बन्दै गएको बताए। उनका अनुसार, सरकारले अवकाश कोष सम्बन्धी ल्याएको नयाँ व्यवस्था कर्मचारीमैत्री छैन र यसले उनीहरूको भविष्य अन्योलमा पारेको छ।

पाण्डेले भने, ‘हामीसँग छुट्टै अवकाश कोष थियो, तर अब सरकारले त्यो पनि २०८३ साल असार मसान्तभित्र सरकारी तोकिएको कोषमा जम्मा गर्नुपर्ने व्यवस्था गरेको छ। कर्मचारीहरू यसप्रति निकै असन्तुष्ट छन्।’

उनले सरकारी बैंकहरूलाई निजी बैंकहरूजस्तै सुविधा र स्वतन्त्रता नदिइएको भन्दै आलोचना गरे। ‘जबर्जस्ती नियन्त्रणमा राख्दा दक्ष जनशक्ति विदेश पलायन हुने अवस्था आएको छ,’ उनले भने, ‘यो राष्ट्रकै लागि गम्भीर संकेत हो।’ पाण्डेले सरकारलाई यस्ता नीति पुनरावलोकन गर्न आग्रह गर्दै, कर्मचारीको मनोबल र संस्थाको स्थायित्वलाई कमजोर नबनाउन चेतावनीसमेत दिए।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै