काठमाडौँ । मन्जुश्री फाइनान्सले ‘इन्स्टा फन्ड ट्रान्स्फर’ मार्फत निःशुल्क अन्तरबैंक रकमान्तरको सुविधा ल्याएको छ । कम्पनीले आफ्नो डिजिटल सेवालाई अझै उत्कृष्ट बनाउने तथा आफ्ना ग्राहकलाई दिईरहेको सेवालाई अझै प्रभावकारी बनाउने उद्देश्यले इन्स्टा फन्ड ट्रान्स्फर मार्फत निःशुल्क अन्तरबैंक रकमान्तरको सुविधा ल्याएको हो ।
यस सुविधा मन्जुश्रीको मोबाइल बैंकिङ एपको मन्जुश्री स्मार्ट अन्तर्गत इन्स्टा फन्ड ट्रान्स्फर भुक्तानी विकल्पबाट, एनपीएसमा आवद्ध बैंक तथा वित्तीय संस्थामा रहेको खातामा रकम रकमान्तर गर्न सक्नेछन । ग्राहकको डिजिटल अनुभवलाई अझै उत्कृष्ट र सहज बनाउने उद्धेश्यले सो सेवालाई मन्जुश्रीले आफ्नो एप मार्फत ग्राहकको माझ ल्याएको हो ।
साथै, निक्षेपमा आकर्षक ब्याजदर तथा सुलभ दरमा कर्जा प्रबाह गर्दै आइरहेको मन्जुश्री फाइनान्सले हाल सम्म २७ वटा शाखाका साथै एउटा बिस्तारित काउन्टरबाट आफ्नो ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सेवा उपलब्ध गराईरहेको छ ।
हालको मिति सम्म १ लाख ५० हजार भन्दा बढी सन्तुष्ट ग्राहकहरुलाइ सेवा पुर्याउदै आइरहेको यस फाइनान्स, फाइनान्सहरुको श्रेणीमा अग्रणी स्थानमा रहेको छ ।