DISH HOME

एभरेष्ट बैंक र चिनो हाइड्रोपावरबीच १ अर्ब ३६ करोडको लगानी सहमति

काठमाडौं । एभरेस्ट बैंक लिमिटेड र चिनो हाइड्रोपावर लिमिटेडबीच ७.८३ मेगावाट क्षमताको चिनो खोला जलविद्युत् आयोजना निर्माणका लागि १ अर्ब ३६ करोड रुपैयाँ बराबरको वित्तीय व्यवस्थापन सहमति भएको छ।

मनाङ जिल्लाको नासोङ गाउँपालिकामा निर्माण हुने उक्त आयोजना निर्माणका लागि दुई पक्षबीच सम्झौता गरिएको हो। सहमतिपत्रमा एभरेस्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुदेश खालिङ र चिनो हाइड्रोपावर लिमिटेडका अध्यक्ष विजयबहादुर श्रेष्ठले हस्ताक्षर गरेका छन्।

बुटवल पावर कम्पनी लिमिटेडले प्रवर्द्धन गरेको परियोजना दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। निर्माण कार्य चिनियाँ ठेकेदारमार्फत ईपीसी मोडलमा सम्पन्न गरिनेछ।

परियोजनाबाट उत्पादित ४४. ४६३ गिगावाट आवर विद्युत धारापानी, मनाङस्थित सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै