prabhu

ग्लोबल आइएमई बैंकको नाम र लोगो प्रयोग गरेर ठगीको प्रयास, सचेत रहन बैंकको आग्रह !

काठमाडौँ। ग्लोबल आइएमई बैंकको नाम र लोगो प्रयोग गरेर केहि व्यक्तिहरूले अनलाईन मार्फत ग्राहकहरूलाई ठगी गर्न खोजेको खुलासा भएको छ।  बैंकले एक सूचना जारी गर्दै बैंकको नाम र लोगो प्रयोग गरेर केहि व्यक्तिहरूले अनलाईन मार्फत ग्राहकहरूलाई ठगी गर्न खोजेको खुलासा भएको हो।

बैंकले ग्राहकहरुलाई यस्तो ठगीबाट विशेष सतर्कता अपनाउन आग्रह गरेको छ । बैंकका प्रतिनिधिहरु झैं प्रस्तुत भएर फोन, ईमेल वा अविश्वसनीय कलमार्फत ग्राहकहरुलाई पासवर्ड जस्ता गोप्य विवरणहरू माग्ने ठगी प्रयासहरू भइरहेको भन्दै बैंकले सचेत रहन आग्रह गरेको छ।

बैंकले अहिलेसम्म यस्ता प्रयासहरूमा प्रयोग भएका फोन नम्बर र इमेल ठेगानाहरू सार्वजनिक गरेको छ । सूचनासहित:

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै