वाणिज्य बैंकबाट १ खर्बबढी गाडी कर्जा प्रवाह, ऋण दिनेमा ग्लोबल आइएमई बैंक सबैभन्दा अगाडि !

काठमाडौँ। वाणिज्य बैंकबाट १ खर्बबढी गाडी कर्जा प्रवाह भएको छ। नेपाल राष्ट्र बैंक सार्वजनिक गरेको तथ्यांकअनुसार २० वटा वाणिज्य बैंकबाट चालु आर्थिक वर्षको वैशाखसम्ममा १ खर्ब १३ अर्ब ४ करोड ५४ लाख रुपैयाँ गाडी कर्जा प्रवाह भएको हो। जुन अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा गाडी कर्जा ६.१३ प्रतिशतले बढी हो।

अघिल्लो वर्ष गाडी कर्जामा १ खर्ब ६ अर्ब ५२ करोड ५ लाख रुपैयाँ प्रवाह भएको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा ११ वटा बैंकको गाडी कर्जा घटेको छ भने बाँकी ९ वटा बढेको छ।

सर्वाधिक गाडी कर्जा प्रवाह गर्नेमा ग्लोबल आइएमई अग्रस्थानमा रहेको छ भने वृद्धिदरका हिसाबले राष्ट्रिय वाणिज्य बैंक अगाडि रहेको छ।

चालु आर्थिक वर्षको वैशाखसम्म ग्लोबल आइएमईले सर्वाधिक १५ अर्ब ७१ करोड ४ लाख रुपैयाँ गाडी कर्जा प्रवाह गरेको छ। अघिल्लो वर्ष सोही अवधिसम्म बैंकले १३ अर्ब ७० करोड ७१ लाख रुपैयाँ गाडी कर्जा प्रवाह गरेको थियो।

अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बैंकको गाडी कर्जा प्रवाह १४.६० प्रतिशतले बढेको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्