PRABHU BANK

छिमेक लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारणसभा सम्पन्न, सञ्चालकमा २ जना निर्वाचित

Chhimek Laghubitta
  • बैंकिङ संसार
काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीको पुस २९ गते बुधबार १९औं वार्षिक साधारणसभा सम्पन्न भएको हो । उक्त सभाले कम्पनीको प्रस्तावित २९ प्रतिशत लाभांश पारित गरेको छ । कम्पनीको १९औं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । यससँगै सेयरधनीले आर्थिक वर्ष २०७६/७७ को नाफावाट ७ प्रतिशत नगद लाभांश र २२ प्रतिशत बोनस सेयर गरी कुल २९ प्रतिशत लाभांश पाउने भएका छन् ।
संस्थाको १९औंं वार्षिक साधारण सभा हेटौंडाको होटल सामना प्रा.लिमा संस्थाका अध्यक्ष विश्वमित्र श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो । सो सभामा वित्तीय संस्थाका अध्यक्षले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । काठमाण्डौंको मध्य बानेश्वरमा केन्द्रीय कार्यालय रहेको राष्ट्रिय स्तरको यस वित्तीय संस्थाले हालसम्ममा देशभर १ सय ३७ वटा शाखामार्फत कुल ३ लाख ७९ हजार ६४ जना महिला सदस्यहरुलाई लघुवित्त कार्यक्रममार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।
२०५८ सालमा स्थापना भएको यस संस्थाले आर्थिक वर्ष २०७६/७७ मा ६६ करोड २१ लाख ३९ हजार ८ सय ४२ रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । साथै संस्थाको अधिकृत पुँजी २ अर्ब रुपैयाँ लाई वृद्धि गरि ३ अर्व पुर्याउने निर्णय समेत यस साधारणसभाले पारित गरेको छ । त्यस्तै सभाले कम्पनीको सर्वसाधारण सेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना संचालक निर्वाचित गरेको छ । संस्थाले आगामी ४ वर्ष कार्यकालको लागी कर्ण बहादुर घले र प्रकाश राज विष्टलाई निर्विरोध निर्वाचित गरेको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै