काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेड र लोमस डिजिटल प्रालिबीच विशेष छुटसम्बन्धी सहमति भएको छ, जसअन्तर्गत बैंकका ग्राहकहरूले ह्वायरपुल ब्रान्डका इलेक्ट्रोनिक्स र किचन सामग्री खरिद गर्दा छुट सुविधा प्राप्त गर्न सक्नेछन्।
उक्त सम्झौताअनुसार, काठमाडौँको उत्तरढोकास्थित लोमस डिजिटल स्टोरमा सिद्धार्थ बैंकको डेबिटरक्रेडिट कार्ड वा मोबाइल बैंकिङ सेवा प्रयोग गरी भुक्तानी गर्ने ग्राहकले छुट पाउने व्यवस्था मिलाइएको छ।
बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले उक्त सहकार्य अघि बढाएको जनाएको छ। यसले ग्राहकलाई नगद कारोबारभन्दा बाहिर ल्याई डिजिटल भुक्तानी अपनाउन उत्प्रेरित गर्ने बैंकको विश्वास छ।
साथै, ग्राहकले सम्झौतासम्बन्धी थप जानकारीका लागि २४ घण्टा सेवा दिने ‘सिद्धार्थ केयर’ ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न सक्नेछन्।
डिजिटल कारोबार प्रवर्द्धनको अभियान अन्तर्गत सिद्धार्थ बैंकले यसअघि ‘सिद्धार्थ रिवार्ड्स’ नामक लोयल्टी प्रोग्राम पनि सार्वजनिक गरिसकेको छ, जसले डिजिटल कारोबार गर्ने ग्राहकलाई विभिन्न आकर्षक लाभ प्रदान गर्दछ।