prabhu

‘२० अर्ब हरायो’ भन्ने हल्ला गलत, तथ्य बुझ्नुस् : नेपाल बैंक

काठमाडौँ । नेपाल बैंक लिमिटेडले केही सञ्चारमाध्यममा प्रकाशित ‘२०७४/७५ मा २० अर्ब ४० करोड १५ लाख रुपैयाँ गायब भएको भन्ने समाचारप्रति गम्भीर आपत्ति जनाउँदै उक्त सामग्री भ्रामक र पूर्ण रूपमा तथ्यहीन भएको स्पष्ट पारेको छ।

बैंकले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै सो समाचारमा कुनै यथार्थता नरहेको बताएको छ। बैंकका अनुसार संस्थाले नेपाल राष्ट्र बैंकका निर्देशन र प्रचलित कानुनअनुसार आफ्ना सम्पूर्ण लेखा प्रणाली संचालन गर्दै आएको छ।

विज्ञप्तिमा बैंकले नियामक निकायलाई आवश्यक सम्पूर्ण वित्तीय विवरणहरू नियमित रूपमा बुझाउँदै आएको र त्रैमासिक तथा वार्षिक विवरणहरू सार्वजनिक पहुँचमा समेत राख्दै आएको जानकारी गराएको छ।

साथै, यस्ता आधारहीन र भ्रम सिर्जना गर्ने खालका समाचारप्रति विश्वास नगर्न सम्पूर्ण सरोकारवालासँग अनुरोध गर्दै, बैंकले आफ्नो वित्तीय अनुशासन, पारदर्शिता तथा नियामक नीतिप्रतिको पूर्ण प्रतिबद्धता पुनः दोहोऱ्याएको छ।

नेपाल बैंकले सरकार, नियामक निकाय, ग्राहकवर्ग र आम सर्वसाधारणलाई तथ्यमा आधारित सूचना तथा विवरणलाई मात्र आधार मान्न आग्रह गरेको छ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै