लक्ष्मी सनराइज बैंकमा कार्यरत बैंकर राजिव सापकोटाविरुद्ध भ्रष्टाचार मुद्धा दर्ता, जागिरबाट निलम्बन

काठमाडौँ। लक्ष्मी सनराइज बैंकमा कार्यरत बैंकर राजिव सापकोटाविरुद्ध भ्रष्टाचार मुद्धा दर्ता भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पतंजली जग्गा हिनामिना प्रकरणमा सापकोटाविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो ।

पतञ्जली जग्गा हिनामिना प्रकरणमा आयोगले सापकोटाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियार स्रोतले जनाएको छ । सनराइज बैंकले उक्त जग्गा धितो राखेर कर्जा दिएको थियो। तर, उक्त कर्जा भने चुक्ता भइसकेको छ।

बैंकर राजिव सापकोटासहित ९३ जनाले भ्रष्टाचार निवारण एन २०५९ को दफा ९ को मतियार भई भ्रष्टाचार निवारण एन २०५९ को दफा २२ बमोजिमको कसुर गरेको जनाइएको छ। उनीहरूविरुद्ध १८ करोड ५८ लाख ५० हजार विगो माग गरिएको छ ।

पतञ्जली योग पीठ तथा आयूर्वेद कम्पनी नेपालले काभ्रेपलाञ्चोक जिल्लाको नासिकास्थान साँगा, महेन्द्रज्योतिमा कम्पनी संचालनको लागि हदबन्दीभन्दा बढी जग्गा खरिद गरेको र उक्त जग्गा कम मूल्यमा किनेर बढी मूल्यमा बेचबिखन गरेको सम्बन्धमा संघीय संसद प्रतिनिधीसभाका माननीय सदस्य तथा बैंकर राजिव सापकोटासहित ९३ जना उपर सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार मुद्धा दर्ता भएको हो।

भूमि सम्वन्धी ऐन, २०२१ को दफा ७ र दफा ८ ले तोकिदिएको हदभन्दा बढी जग्गा पतञ्जली योग पीठ तथा आयूर्वेद कम्पनी नेपालको नाममा लिखत पारित गर्ने गराउने कार्य भूमि सम्बन्धी ऐन, २०२१ को दफा १० विपरितको कार्य भएको र उक्त हदभन्दा बढी जग्गा सोही ऐनको दफा ११ बमोजिम जफत तथा सरकारी सार्वजनिक कायम हुने देखिन्छ।

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै