सवारी कर्जाको अनुपात बढाउन नाइमाले गभर्नरलाई दियो सुझाव

काठमाडौँ। नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेललाई भेटेर आगामी मौद्रिक नीतिमा सबै प्रकारका सवारीसाधनका लागि लोन टु भ्यालु रेसियो ८० प्रतिशत कायम गर्न सुझाव दिएको हो ।

यसले ग्राहकलाई सहजता प्रदान गर्ने र अटो बजारको विस्तारमा मद्दत गर्ने विश्वास व्यक्त गरिएको छ। राष्ट्र बैंकले गत फागुनमा गरेको अर्धवार्षिक मौद्रिक नीतिको समीक्षामा इभीका लागि ‘टु भ्यालु’ रेसियो ८० बाट घटाएर ६० प्रतिशतमा झारिएको थियो।

इन्धन गाडिहरूको लागि पनि टु भ्यालु  रेसियो ६० प्रतिशत कायम गरिएको छ। यस निर्णयले इभी उद्योगमा नकारात्मक प्रभाव पार्ने आशंका गरिएको छ।

नाइमा र अन्य अटो व्यवसायी संघहरूले यस निर्णयको पुनरावलोकन गर्दै टुभ्यालु  रेसियो ८० प्रतिशत कायम गर्न आग्रह गरेका छन्। यसले सवारीसाधनको खरिदमा सहजता ल्याउने र बजारको विस्तारमा मद्दत गर्ने विश्वास व्यक्त गरिएको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्