१० महिनामा ११ हजार बढी बैंकिङ कसुरका मुद्दा दर्ता

काठमाडौँ। १० महिनामा ११ हजार बढी बैंकिङ कसुरका मुद्दा दर्ता भएका छन् । नेपालभर पछिल्लो १० महिनामा ११ हजार ४८ वटा बैंकिङ कसुरका मुद्दा दर्ता भएका हुन्।

प्रमुख १० अपराधमध्ये पहिलो स्थानमा बैंकिङ कसुरका मुद्दा देखिएको प्रहरी प्रधान कार्यालयले जनाएको हो ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाका अनुसार बैंकिङ कसुरका मुद्दामात्रै ११ हजार ४८ दर्ता भएका छन्।

जसमध्ये सबैभन्दा धेरै मुद्दा चेक बाउन्सका रहेका छन्।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्