DISH HOME

‘बैंकहरुले ऋणीको धितोलाई कौडीको भाउमा बेचे’

काठमाडौँ। प्रतिनिधि सभा सदस्य बिना जैसवालले बैंकहरुले ऋणीको धितोलाई कौडीको भाउमा बेचेको आरोप लगाएकी छिन्। प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्।

जैसवालले बैंकहरूले ऋण रिकभरी सुनिश्चित गर्नका लागि नेपाल राष्ट्र बैंकको गाइडलाइन्सको पालना नगरी ऋणीलाई थप कठिनाइ र दस्तुरकोमार्फत ऋण दिने गरेको  बताएकी छिन्।

बैंक तथा वित्तीय संस्थाहरूले ऋणीको धितोको भ्यालुएसन नगरी सम्पत्ति कौडीको भाउमा लिलाम गरेको भन्दै उनले ठगीको आरोप लगाएकी हुन् ।

साथै, अबदेखि ऋणीको धितोलाई कौडीको भाउमा नबेच्न उनले बैंकहरूलाई आग्रह गरेकी छिन्। योसँगै उनले बैंकहरुले २४ सैं घण्टा एटिएम सेवा दिनुपर्ने उल्लेख गरेकी छिन् ।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै