PRABHU BANK

एनआईसी एशिया बैंकले सुरु गर्यो सहज प्रणाली, डेबिट कार्डको लागि अनलाईनबाटै आवेदन दिन सकिने

Nic Asia Bank
  • बैंकिङ संसार
काठमाडौं । एनआईसी एशिया बैंकले अनलाइनबाटै डेबिट कार्ड आवेदन दिन सकिने सहज प्रणाली सुरु गरेको छ । बैंकले आफ्नो वेबसाइमा रहेको आइसर्भ डिजिटल सेवामार्फत नयाँ डेबिट कार्ड अनुरोध गर्न सकिने व्यवस्थाको सुरु गरेको हो ।
समयअनुरुप परिष्कृत सेवा तथा सुविधाहरू ल्याउने क्रमलाई निरन्तरता दिँदै बैंकले ग्राहकवर्गलाई जुनसुकै स्थानबाट र जुनसुकै समयमा आफ्नो मोबाइल, ल्यापटप वा कम्प्युटर प्रयोग गरी नयाँ डेबिट कार्ड अनलाईनबाट अनुरोध गर्न सकिने सेवा थालनी गरेको बैंकले जनाएको छ । आइसर्भ सेवा भित्र सेवाग्राहीहरूले बैंकमा रहेको खाता सम्बन्धी विवरण उल्लेख गरी भेरीफाई गरेपश्चात् डेबिट कार्ड आवेदको प्रक्रिया अगाडी बढ्ने र त्यसपश्चात ग्राहकहरुले इन्सटान्ट कार्ड वा नेम इम्बोस्ड कार्ड तथा आफुलाई पायक पर्ने शाखा छनौट गर्न मिल्ने विकल्प राखिएको पनि बैंकले जनाएको छ ।
बैंकको अनुसार यस प्रकृयाको अन्त्यमा बैंकबाट सेवाग्राहीलाई आवेदन सफल भएको एसएमएसमार्फत रिफरेन्स कोडसहित जानकारी गराइने र ग्राहकको आवेदन अनुसारको डेबिट कार्ड तयार भएपश्चात् बैंकले ग्राहकरूलाई एसएमएस तथा फोनमार्फत खबर गर्ने व्यवस्था गरेको छ । उक्त रिफरेन्स कोडसहित सेवाग्राही सिधै बैंकको शाखामा उपस्थित भई बिना कुनै झन्झट सोझै ग्राहक सेवा काउण्टरमार्फत आफुले अनुरोध गरेका डेबिट कार्ड प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै