prabhu

वाणिज्य बैंकहरुको गैरबैंकिङ सम्पति ३८ अर्ब बढी, ग्लोबल आइएमई बैंकको सबैभन्दा धेरै, नेपाल बैंकको सबैभन्दा कम !

काठमाडौँ । वाणिज्य बैंकहरुको गैरबैंकिङ सम्पति बढेको पाइएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार वाणिज्य बैंकहरुको गैर बैंकिङ सम्पति ३८ अर्ब ४१ करोड रुपैयाँभन्दा धेरै रहेको छ ।

चैत महिनासम्मको तथ्यांकअनुसार वाणिज्य बैंकहरुमध्येमा सबैभन्दा धेरै गैरबैंकिङ सम्पति ग्लोबल आइएमई बैंकमा रहेको छ । यस बैंकमा ५ अर्ब ९९ करोड बराबरको गैरबैंकिङ सम्पति छ ।

दोस्रोमा हिमालयन बैंकको ५ अर्ब १४ रुपैयाँ र तेस्रोमा एनआइसी एसिया बैंकको ४ अर्ब ५८ करोड रुपैयाँ बराबरको गैरबैंकिङ सम्पति रहेको छ । त्यस्तै, सबैभन्दा कम नेपाल बैंकमा २० करोड बराबरको यस्तो सम्पत्ति रहेको छ भने स्टान्डर्ड चार्टर्ड बैंकको यस्तो सम्पत्ति शून्य छ ।

यो तथ्यांकले बैंकहरूको वित्तीय स्वास्थ्य र ऋण व्यवस्थापन क्षमताको संकेत गर्दछ। उच्च असम्पत्ति भएका बैंकहरूले जोखिम व्यवस्थापन र परिसम्पत्ति निलामी प्रक्रियामा सुधार गर्न आवश्यक छ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै