गरिमा विकास बैंकद्वारा स्याङ्जाको विरुवा र अर्जुनचौपारीमा दुई नयाँ शाखा संचालन

काठमाडौँ।  गरिमा विकास बैंकले आफ्नो सेवा सञ्जाल विस्तार गर्दै स्याङ्जा जिल्लाको विरुवा र अर्जुनचौपारी गाउँपालिकामा दुई नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ।

विरुवा शाखाको समुद्घाटन विरुवा गाउँपालिका अध्यक्ष सूर्य बहादुर कुँवर र बैंकका अध्यक्ष दिलिप प्रताप खाँडले संयुक्त रूपमा गरे। अर्जुनचौपारी शाखाको उद्घाटन भने गाउँपालिका उपाध्यक्ष सपना गुरुङ र अध्यक्ष खाँडले संयुक्त रूपमा सम्पन्न गरे।

समारोहमा स्थानीय जनप्रतिनिधि, उद्योग वाणिज्य संघका प्रतिनिधि, व्यवसायी, बुद्धिजीवी तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति थियो।

गरिमा विकास बैंकले ग्रामीण भेगदेखि शहरी क्षेत्रसम्म सरल, सुरक्षित तथा गुणस्तरीय बैंकिङ सेवा प्रवाह गर्दै आइरहेको छ। बैंकले नवस्थापित शाखाहरूबाट स्थानीय बासिन्दा, व्यवसायिक फर्म, कम्पनी तथा संघ-संस्थालाई उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ। साथै, यस क्षेत्रको समग्र आर्थिक विकासमा योगदान पुर्‍याउने विश्वास बैंकले व्यक्त गरेको छ।

हाल बैंकले देशभर १२५ शाखा कार्यालय, १ एक्स्टेन्सन काउन्टर र ५० एटीएममार्फत करिब ९ लाख ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्