DISH HOME

९% सेयर कटौती गर्दै एनएमबि लघुवित्त, सर्वसाधारणको भाग बढ्ने

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयरधनीको सेयर संरचना परिवर्तन गर्ने भएको छ। संस्थाले सार्वजनिक सूचना प्रकाशित गर्दै संस्थापक सेयरधनीको हालको ६० प्रतिशत सेयर स्वामित्वलाई घटाएर ५१ प्रतिशतमा झार्ने निर्णय गरेको जानकारी दिएको छ। यो परिवर्तन प्रचलित कानुनी व्यवस्थाको पालनामा गरिन लागेको हो।

संस्थाले सेयर संरचना परिवर्तनको सन्दर्भमा, आफ्ना सेयर सर्वसाधारण सेयरमा रूपान्तरण गर्न इच्छुक नभएका संस्थापक सेयरधनीलाई सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय, पोखरामा निवेदन दिन आग्रह गरेको छ।

समयसीमा भित्र निवेदन नआएमा सम्बन्धित सेयरधनीले सहमति जनाएको मानिने र सोही अनुसार सेयर संरचना परिवर्तन प्रक्रिया अगाडि बढाइने कम्पनीले स्पष्ट पारेको छ।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै