‘व्यावसायिक कर्जाको जिम्मेवार प्रयोगमा ध्यान दिनुहोस्’

काठमाडौँ। नेपाल राष्ट्र बैंकले बुद्धिमानी निर्णय लिई जिम्मेवार रुपमा कर्जाको उपयोग गर्न आग्रह गरेको छ। राष्ट्र बैंकले एक सूचना जारी गर्दै व्यवसायको उन्नति र प्रवर्द्धनका लागि कर्जाको सदुपयोग गर्न आग्रह गरेको हो।

राष्ट्र बैंकका अनुसार व्यावसायिक कर्जा मेसिन खरिद, व्यवसाय स्तरोन्नति, अद्यावधिक, विस्तार तथा नयाँ व्यापारिक अवसर सिर्जना गर्नका लागि उपयोगी हुन्छ। यस किसिमको कर्जा पर्याप्त योजना र तयारी बिना लिइएमा आर्थिक बोझ बन्न सक्ने सम्भावना रहेको जनाइएको छ।

सूचनामा भनिएको छ, ‘व्यावसायिक कर्जा विलासिता होइन, प्रगतिको आधार हो।” यसैले कर्जालाई सही ठाउँमा लगानी गर्न र आर्थिक अनुशासन अपनाउँदै आफ्नो तथा परिवारको वित्तीय छवि उज्यालो बनाउन आग्रह गरिएको छ।

नेपाल राष्ट्र बैंकले कर्जा लिनुअघि आवश्यक योजना, व्यावसायिक जोखिमको मूल्याङ्कन र तिर्न सक्ने क्षमताबारे स्पष्ट समझदारी आवश्यक रहेको स्पष्ट पारेको छ।सूचनासहित:

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्