prabhu

एनआइसी एशिया लघुवित्तको ९ महिनामा १३ लाख नाफा, ब्याज आम्दानी करिब ५० करोड

काठमाडौं । एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो नौ महिनामा (तेस्रो त्रैमाससम्म) १२ लाख ९८ हजार रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३.४३ प्रतिशतले वृद्धि हो। गत वर्ष यस अवधिमा कम्पनीको नाफा १२ लाख ५५ हजार रुपैयाँ थियो।

हाल कम्पनीको खुद ब्याज आम्दानी ४९ करोड ५९ लाख रुपैयाँमा झरेको छ, जुन अघिल्लो वर्षको ६२ करोड ७२ लाखको तुलनामा उल्लेखनीय गिरावट हो। यद्यपि, ६ करोड ५२ लाख रुपैयाँको इम्पेयरमेन्ट चार्ज रिभर्स भएपछि केही राहत मिलेको देखिन्छ।

सञ्चालन खर्च भने ५१ करोड ८ लाखबाट बढेर ६२ करोड ६७ लाख रुपैयाँ पुगेको छ। वितरणयोग्य नाफा ३ करोड ७ लाख रुपैयाँमा सीमित छ, जुन अघिल्लो वर्षको तुलनामा ८४.१५ प्रतिशतले घटेको हो।

हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ७३ करोड ९४ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ७९ करोड १० लाख रुपैयाँ छ । वार्षिक प्रतिसेयर आम्दानी  १० पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १४७.२४ रुपैयाँ कायम छ।

तर, संस्थाको खराब कर्जा अनुपात  उच्च रहँदै १३.५५ प्रतिशत पुगेको छ, जुन लघुवित्त क्षेत्रमा चुनौतीको संकेत मानिन्छ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै