गुणाकर भट्टको राजीनामा स्वीकृत नभएकोमा राष्ट्र बैंक कर्मचारी आक्रोशित, कार्यबाहक गभर्नर ढुंगानाको क्षमतामै प्रश्न !

काठमाडौँ। नेपाल राष्ट्र बैंकका कर्मचारी डा. गुणाकर भट्टको राजिनामा स्वीकृत नभएकोमा आक्रोशित भएका छन्। राजिनामा दिएको एक महिना पुग्न लाग्दा पनि प्रक्रिया टुंगो नलागेपछि राष्ट्र बैंकका कर्मचारी संघले कार्यबाहक गभर्नर डा. निलम ढुंगानाको क्षमतामै प्रश्न उठाएको हो ।

संघले विज्ञप्ति जारी गर्दै ढुंगानाले श्रम ऐन र बैंक सेवा विनियमावलीको उल्लंघन गरेको आरोपसमेत लगाएको छ। संघले राजिनामा चाँडै स्वीकृत गरी नियुक्ति प्रक्रिया अघि बढाउन माग गरेको छ।

कांग्रेस सभापति शेरबहादुर देउवाले ‘तिम्रो गभर्नर पद कन्फर्म भईसक्यो’ भनेपछि राष्ट्र बैंकका कार्यकारी निर्देशक भट्टले पदबाट राजीनामा दिएका थिए।

राष्ट्र बैंककी कामु गभर्नर डा. नीलम ढुंगानाले डा. गुणाकर भट्टको राजीनामा स्वीकृत नगरेर अर्थमन्त्रीको निर्देशनलाई बेवास्ता गरेपछि हाल गभर्नर नियुक्ति प्रक्रिया रोकिएको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्