prabhu

युनिक नेपाल लघुवित्तको जगेडा कोष चुक्ता पुँजीभन्दा धेरै, प्रतिसेयर आम्दानी ३० रुपैयाँ

काठमाडौं। युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ३ करोड ३५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो वर्षको समान अवधिको तुलनामा १२.७८ प्रतिशतले घटेको हो । गत वर्ष सोही अवधिमा संस्थाले ३ करोड ८४ लाख रुपैयाँ नाफा कमाएको थियो।

संस्थाको खुद ब्याज आम्दानी १७ करोड २५ लाख रुपैयाँबाट बढेर १७ करोड २७ लाख रुपैयाँ पुगेको छ । यता, संस्थाले ४ करोड ७५ लाख रुपैयाँ इम्पेयरमेन्ट चार्ज छुट्याएको छ ।

१४ करोड ८५ लाख ७५ हजार रुपैयाँ चुक्ता पुँजी रहेको संस्थाको जगेडा कोष १९ करोड ११ लाख रुपैयाँ पुगेको छ । वितरणयोग्य नाफा ६ करोड ३१ लाख रुपैयाँ छ, जसअनुसार संस्थाले ४२.४८ प्रतिशत लाभांश वितरण गर्ने क्षमता राख्छ।

तर, गैर-सञ्चल ऋण (एनपीएल) दर १५.५२ प्रतिशत पुगेकोले राष्ट्र बैंकले लाभांश वितरणमा रोक लगाउन सक्ने देखिन्छ । हाल प्रतिसेयर आम्दानी ३०.०८ रुपैयाँ र प्रतिसेयर नेटवर्थ २६४.९७ रुपैयाँ रहेको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

Shangrila Dev Bank

सिफारिस सबै