prabhu

ज्योति विकास बैंक एनपीएस-नेशनल कार्ड स्विच र नेपालपे कार्डमा आवद्ध

काठमाडौं । ज्योति विकास बैंक लिमिटेड र नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) बीच एनपीएस-एनसीएस (नेशनल पेमेंट स्विच-नेशनल कार्ड स्विच) तथा डोमेस्टिक कार्ड स्किम अन्तर्गत प्रिन्सिपल सदस्यता सम्बन्धी सम्झौता भएको छ। उक्त सम्झौतामा बैंकका तर्फबाट वरिष्ठ उप-प्रमुख कार्यकारी अधिकृत प्रकाश बराल र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले हस्ताक्षर गरे।

एनसीएचएलले हालै एनपीएस-एनसीएस पूर्वाधारको तयारी पूरा भएको घोषणा गर्दै बैंक तथा वित्तीय संस्थाहरुलाई नेपालकै आफ्नै कार्ड स्किम ‘नेपालपे’ अन्तर्गत कार्ड जारी (इस्युइङ) र कारोबार स्वीकार (एक्वायर) गर्न आफ्नो कार्ड स्विच प्रणालीमा आवद्ध हुन आह्वान गरेपछि, बैंक तथा वित्तीय संस्थाहरूले त्यसमा आवद्ध हुने प्रक्रिया अगाडि बढाएका छन्।

नेपालपे कार्ड पूर्वाधारको व्यावसायिक सञ्चालन सुरु भएपछि ज्योति विकास बैंकले आफ्ना ग्राहकलाई नेपालपे कार्ड जारी गर्ने र कारोबार स्वीकार गर्ने सेवा दिन सक्नेछ ।

एनपीएस-एनसीएस प्रणालीले विभिन्न कार्ड स्विचहरूलाई आपसी अन्तरजडानमार्फत एकीकृत गर्दै घरेलु कार्ड कारोबारको मार्गचित्रण (राउटिङ) र सेटलमेन्टको लागि केन्द्रीय कार्ड स्विचको रूपमा कार्य गर्नेछ। यसको पूर्ण कार्यान्वयनले कारोबार लागत घटाउने, डाटा स्थानीयकरण सुनिश्चित गर्ने र डिजिटल भुक्तानी प्रणालीमा नयाँ प्रविधिहरूको विकास तथा प्रवद्र्धन गर्ने अपेक्षा गरिएको छ।

हाल एनसीएचएलले ५४ भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरू, अधिकांश भुक्तानी सेवा प्रदायक (पीएसओ) तथा भुक्तानी सेवा प्रदायक कम्पनीहरू (पीएसपी), साथै १०० भन्दा बढी गैर-बैंकिङ सदस्यहरूमार्फत विभिन्न राष्ट्रिय भुक्तानी प्रणाली सञ्चालन गर्दै आएको छ।

नेपालपे कार्ड र एनपीएस-एनसीएसको सफल कार्यान्वयनले नेपालको कार्ड भुक्तानी प्रणालीलाई थप सुदृढ बनाउने विश्वास गरिएको छ। देशभर फैलिएका १२४ शाखा तथा विस्तारित काउन्टर र ७५ एटीएममार्फत सेवा प्रदान गर्दै आएको ज्योति विकास बैंक, नेपालका अग्रणी विकास बैंकहरूमध्ये एक हो।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

Shangrila Dev Bank

सिफारिस सबै