गभर्नर नियुक्तिको तयारी: अर्थमन्त्री पौडेलको निर्देशनपछि भट्टको राजिनामा स्वीकृत हुने संकेत !
अर्थमन्त्री विष्णु पौडेलले राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टको राजिनामा स्वीकृत गर्न कार्यवाहक गभर्नर निलम तिम्सिना ढुंगानालाई निर्देशन दिएका छन्। भट्टलाई गभर्नर बनाउने सहमति देउवाओली छलफलपछि बनेको बताइएको छ।
गभर्नर बन्ने योग्यतामाथि सर्वोच्चमा मुद्दा परेकाले प्रक्रिया ढिलाइ भएको थियो। अब भने अर्थमन्त्रीको निर्देशनपछि भट्टको राजिनामा स्वीकृत हुने सम्भावना बढेको छ। राष्ट्र बैंकको कामु गभर्नर ढुंगाना आफैँ गभर्नरको प्रतिस्पर्धी भएकाले उनले राजीनामा स्वीकृत नगरेको आशंका गरिएको छ । यता उपप्रधानमन्त्री पौडेलले राजीनामा स्वीकृत गर्न निर्देशन दिएपछि सम्भवत: उनले त्यसको पालना गर्ने मन्त्रालयले जनाएको छ ।
‘कर्जा तिर्नुपर्दैन भन्ने भ्रमपूर्ण प्रचारलाई तोड्न आवश्यक छ’
नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर तथा अर्थविद् दीपेन्द्रबहादुर क्षेत्रीले ‘कर्जा तिर्नुपर्दैन’ भन्ने जस्ता भ्रमपूर्ण प्रचारलाई तोड्न राष्ट्र बैंकले कदम चाल्नुपर्ने बताएका छन्। नेपाल राष्ट्र बैंकको ७०औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।
उनले भने, ‘संस्थागत रुपमा कर्जा नतिर्ने अफवाह फैलिएको छ, त्यसलाई चिर्नुपर्छ, खराब कर्जामा समेत कैफियत देखिन्छ, यसमा राष्ट्र बैंक गम्भीर हुनुपर्छ।’
पूर्व गभर्नर क्षेत्रीलेले बदलिँदो प्रविधि र परिस्थिति अनुरूप राष्ट्र बैंकले कानुनी दायराभित्र रहेर आफ्नो कार्यसम्पादन डिजिटल प्रणालीमार्फत अगाडि बढाउनुपर्ने आवश्यकतामा पनि जोड दिएका छन् । उनले नेपाल सम्पत्ति शुद्धिकरणको मामिलामा ‘ग्रे लिस्ट’ मा परेको अवस्थामा त्यसबाट बाहिरिन राष्ट्र बैंकले स्पष्ट कार्ययोजना बनाउनु पर्ने बताएका छन्।
किसानहरूलाई नेपाल बैंकले २० लाखसम्म कर्जा दिने, अवधी १० वर्ष रहने, कर्जा लिन सिधै बैंकमा सम्पर्क गर्नुपर्ने !
नेपाल बैंकले किसानहरूलाई कृषि कर्जा दिने भएको छ । बैंकले किसानको मेहेनत र उज्वल भविष्यका लागि परियोजना लागतको अधिकतम ८० प्रतिशतसम्म कर्जा दिने भएको हो ।
जसको ब्याजदर ६.३९ प्रतिशत रहने छ भने कर्जाको अवधी अधिकतम १० वर्षसम्म रहने बैंकले जनाएको छ । बैंकले किसानलाई न्यूनतम ३ लाखदेखि २० लाखसम्म कृषि कर्जा दिन लागेको हो। यस्तो कर्जा लिन चाहनेले सिधै बैंकमा सम्पर्क गर्नुपर्नेछ।
विद्युतीय सवारीसाधनमा अधिकतम ६० प्रतिशतसम्म मात्रै ऋण उपलब्ध गराउन राष्ट्र बैंकको निर्देशन
नेपाल राष्ट्र बैंकले विद्युतीय सवारीसाधन (ईभी)मा अधिकतम ६० प्रतिशतसम्म मात्रै ऋण उपलब्ध गराउन निर्देशन दिएको छ। यो निर्देशन हायर पर्चेज कर्जा दिने कम्पनीहरूका लागि हो।
राष्ट्र बैंकले हायर पर्चेज कर्जा दिने कम्पनीहरूलाई स्वीकृति दिने नीति तथा प्रक्रियागत व्यवस्था, २०७० लाई पाँचौँ संशोधन गर्दै यो नयाँ व्यवस्था ल्याएको हो। संशोधित नियमअनुसार अब विद्युतीय सवारीसाधन र व्यक्तिगत प्रयोगका अन्य सवारीसाधनमा ऋण मूल्य अनुपात अधिकतम ६० प्रतिशत सीमित गरिएको छ। यसअघि यो सीमा ८० प्रतिशतसम्म थियो।
यद्यपि, अन्य प्रकारका सवारीसाधनका हकमा भने कम्पनीहरूले ८० प्रतिशतसम्म कर्जा दिन सक्नेछन्। चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा गरिएको निर्णयअनुसार यो नयाँ व्यवस्था लागू गरिएको राष्ट्र बैंकले जनाएको छ। अब हायर पर्चेज कर्जा दिने कम्पनीहरूले यही अनुसार कर्जा प्रवाह गर्नुपर्नेछ।
देवेन्द्र रमण सिइओ भएको केही समयमै राष्ट्रिय वाणिज्य बैंक राष्ट्र बैंकको कारवाहीमा
नेपाल राष्ट्र बैंकले राष्ट्रिय वाणिज्य बैंकलाई कारवाही गरेको छ । देवेन्द्र रमण सिइओ भएको केही समयमै राष्ट्र बैंकले राष्ट्रिय वाणिज्य बैंकलाई कारवाही गरेको हो ।
बैंकले राष्ट्र बैंकको नियम उल्लंघन गरेको पाइएपछि बैंक कारवाहीमा परेको हो । कर्जाको भाखा नाघेको अवधिका आधारमा कर्जा वर्गीकरण नगरेको, राष्ट्र बैंकको नीति उल्लंघन गरेको, कर्जा नोक्सानी व्यवस्था तथा जोखिम भार गणनामा लापरवाही गरेको पाइएपछि राष्ट्र बैंकले राष्ट्रिय वाणिज्य बैंकलाई कारवाही गरेको छ। राष्ट्र बैंकले राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई पहिलो पटकका लागि सचेत गराएको हो।
राष्ट्र बैंकलाई नटेर्ने स्ट्यान्डर्ड चार्टर्ड बैंक कारवाहीमा, १४ करोड स्वाहा !
स्ट्यान्डर्ड चार्टर्ड बैंकलाई नेपाल राष्ट्र बैंकले कारवाही गरेको छ । नियामकीय प्रावधान मिचेकोमा केन्द्रीय बैंकले स्ट्यान्डर्ड चार्टर्ड बैंकमाथि कारवाही गरेको हो। जसअनुसार बैंकलाई १४ करोड ८५ लाख २५ हजार ५६६. ८७ रुपैयाँ जरिवाना गरिएको छ।
राष्ट्र बैंकका अनुसार स्ट्यान्डर्ड चार्टर्ड बैंकले पुस महिनासम्म तोकिएको क्षेत्रगत कर्जाको न्यूनतम सीमा पूरा नगरेकोले नगद जरिवाना गरिएको हो। चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा नियम उल्लंघन गरेकाले नेपाल राष्ट्र बैंकले स्ट्यान्डर्ड चार्टर्ड बैंक सहित पाँच वाणिज्य बैंकलाई कारवाही गरेको छ।
यो त्रैमासमा पहिलोपटक कारवाहीमा परेका अन्य बैंकहरूमा नेपाल बैंक, लक्ष्मी सनराइज बैंक, कुमारी बैंक र राष्ट्रिय वाणिज्य बैंक रहेका छन्।
एनआईसी एशिया बैंकभित्रको खबर
यौन दुर्व्यवहार प्रकरणमा मुछिएका बैंकका कम्पनी सचिव दिपेन कार्कीलाई प्रहरीसम्मै पुगेर सहयोग गरेको आरोप लागेका रञ्जन खड्कालाई एनआईसी एशिया बैंकले सूचना अधिकारीको जिम्मेवारीबाट हटाएको छ । बैंकका तत्कालीन सूचना अधिकारी अर्जुन खनियाँ देश बाहिर गएका बेला खनियाँले बैंक छोडेको हल्लालाई बल पुग्नेगरी सुटुक्क सूचना अधिकारी बनाइएका खड्का जिम्मेवारीबाट हटाइएका हुन् । अहिले खड्काको स्थानमा पुन: अर्जुन खनियाँ आएका छन् ।
यता बैंकले ब्राण्ड एण्ड कर्पोरेट कम्युनिकेसनका प्रमुखसमेत परिवर्तन गरेको छ । सरोज भट्टराईको ठाउँमा आएका योगेन्द्र न्यौपानेले काम गर्न नसकेपछि उनको ठाउँमा बैंकले धिरेन्द्र वाग्लेलाई सो विभागको प्रमुख बनाइएको छ । जवकि वाग्ले पनि केहि महिनाका लागि मात्र बैंकको सो पदमा राखिएको बैंक स्रोतको दाबी छ ।
बैंकले काम नगर्ने-गर्न नसक्ने वा कमजोर पर्फर्मेन्स भएकाहरुलाई सरुवा गर्ने नीति लिए पनि यौन दुर्व्यवहारको आरोप लागेका दिपेन कार्कीलाई भने बैंकले कतै पनि हटाएको छैन । उनलाई कतै सरुवा गरिदिए उनले अन्य केहि बैंकका अधिकारीका काण्डहरुको पनि पोल खोलिदिने धम्की दिएका कारण उनलाई सो पदबाट नहटाएको बैंक स्रोतको दाबी छ । यद्यपी उनलाई यस विषयमा बुझ्न सम्पर्क गर्न खोज्दा उनी सम्पर्कमा आउन चाहिरहेका छैनन् । भर्खर कार्यालय आएर होला, बैंकका सूचना अधिकारी अर्जुन खनियाँलेसमेत फोन उठाउन भ्याएका छैनन् ।