काठमाडौँ। सांसद रामहरि खतिवडाले सरकारको ध्यान तत्काल गभर्नर नियुक्तितर्फ केन्द्रित गराउन आग्रह गरेका छन्। मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो आग्रह गरेका हुन्।
उनले बजेट अधिवेशनको संवेदनशील समयमा राष्ट्र बैंकमा नेतृत्वविहीन अवस्था हुनु अर्थतन्त्रका लागि गम्भीर चुनौती भएको उल्लेख गरेका छन्।
सांसद खतिवडाले भने, ‘मौद्रिक नीति तथा वित्तीय नीतिको प्रभाव मूल्याङ्कन गर्ने यो महत्त्वपूर्ण समयमा गभर्नरको अभावले अर्थतन्त्रमा परेको असरको स्पष्ट विश्लेषण गर्न कठिन भइरहेको छ।’
योसँगै उनले सरकारले ढिलाइ नगरी छिटो सिफारिस समिति गठन गरी राष्ट्र बैंकको गभर्नर नियुक्त गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।