काठमाडौँ। नेपाल बैंकले किसानहरूलाई कृषि कर्जा दिने भएको छ । बैंकले किसानको मेहेनत र उज्वल भविष्यका लागि परियोजना लागतको अधिकतम ८० प्रतिशतसम्म कर्जा दिने भएको हो ।
जसको ब्याजदर ६.३९ प्रतिशत रहने छ भने कर्जाको अवधी अधिकतम १० वर्षसम्म रहने बैंकले जनाएको छ । बैंकले किसानलाई न्यूनतम ३ लाखदेखि २० लाखसम्म कृषि कर्जा दिन लागेको हो।
यस्तो कर्जा लिन चाहनेले सिधै बैंकमा सम्पर्क गर्नुपर्नेछ। सूचनासहित: